पछिल्लो २४ घण्टामा देशभर एक हजार एक सय २० जनामा कोरोना संक्रमण, १२ जनाको ज्यान गएको पुष्टि

दार्चुला ।  देशभर पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित संक्रमितको संख्या ४१ हजार छ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थपिएका संक्रमितमा तीन सय २० महिला र आँठ सय पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार १० हजार चार सय ९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा सात हजार छ सय १५ छन् ।

क्वारेन्टिनमा छ हजार सात सय ६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार एक सय आँठ छ ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार दुई सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दई सय ५१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?