देशभर पछिल्लो २४ घण्टामा एक हजार दुई सय २८ जनामा कोरोना पुष्टि

दार्चुला । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार दुई सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४२ हजार आठ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार चार सय १३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप नौ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार दुई सय सात पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै कोरोना संक्रमयाका कारण ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?