दार्चुला । दार्चुला जिल्लाभरी मंगलबारदेखि अवरुद्ध विद्युत सेवा तीन दिन पछि सुचारु भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नायलमा रुख भाचिएर तार चुडीए पछि दार्चुलाभरी विद्युत सेवा अबरुद्ध भएको थियो ।

बुधबार र बिहिबार दिनभरी मर्मत कार्य गरेर बिहिबार रातीदेखि विद्युत सेवा सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

दार्चुला देखि अत्तरिया सम्म जाने १३२ केभिए प्रसारण लाईनमा खनिउ (खन्या) को रुख भाचिएर चार वटा ठूलो पोलको तार चुडीएपछि विद्युत सेवा अबरुद भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका गोकुलेश्वर क्षेत्र हेर्ने प्राविधिक लहान चौधरीले बताउनुभयो ।

विद्युत मर्मतको लागी तार तान्ने मेसिन दार्चुलामा नभएको र प्राविधिक र मेसिन अत्तरिया बाट ल्याउनु पर्दा मर्मतमा ढिलाइ भएको उहाँको भनाई छ ।

विद्युत सेवा अबरुद्ध हुदा दार्चुलाका नौँ हजार बढी घरधुरी अन्धकारमा थिए । तीनदिनसम्म विद्युत अवरुद्ध हुदा ठूलो समस्या भोग्नुपरेको सेवाग्रहीहरुले बताएका छन् । ढिलै भएपनि विद्युत सुचारु भएपछि सेवाग्राहि खुसी भएका छन् ।

विद्युत मर्मतमा प्राधिकरणले छिटो छरितो काम गर्न नसकेका कारण लामो समय सेवाग्राहिहरुले समस्या भोग्नु परेको उपभोक्ताहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?