
दार्चुला । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेकाे छ ।
गएको २४ घण्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लाे २४ घण्टामा १३ हजार ६ सय ३८ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार तीन सय ५९ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे ।
यस्तै गएको २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको छ ।
अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
दार्चुलामा पहिलाे पटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।