हाम्रो नेपाल हामी नेपाली अभियान दार्चुलाले बाढी पहिरो पिडितलाई राहात वितरण गर्ने

दार्चुला । हाम्रो नेपाल हामी नेपाली अभियान दार्चुलाले दुँहु गाउँपालिका र महाकाली नगरपालिकामा बाढी तथा पहिरोको कारण विस्तापित भएका र ज्यान गुमाएकाकाे परिवारलाई राहात वितरण गर्ने भएको छ ।

हाम्रो नेपाल हामी नेपाली अभियान दार्चुलाका संयोजक नरेन्द्र धामीको नेतृत्वमा संकलन गरिएको राहात रकम बाढी पहिरो पिडितलाई वितरण गर्ने तयारी रहेको हाम्रो नेपाल हामी नेपाली अभियानका प्रदेश कमिटी सदस्य पदम सिंह कार्कीले जाकारी दिनुभयो ।

राहात संकलन अभियान अन्तर्गत ६० हजार रुपैया संकलन गरिएको थियो । संकलन गरिएको राहात रकम मध्ये दुँहु गाउँपालिकामा पहिरोमा परि आमा बुवा गुमाएका सुनिल जोशीलाई २० हजार दिने निर्णय भएको कार्कीले बताउनुभयो ।

यस्तै बाढी तथा पहिरोको कारण घरवार विहीन भएका दुुँहु गाउँपालिकाका छ परिवारलाई प्रति परिवार पाँच–पाँच हजारका दरले राहात रकम वितरण गर्ने निर्णय भएको छ ।

यस्तै जिल्लाको महाकाली नगरपालिकाका पहिरो पिडित पाँच परिवारलाई पनि प्रति परिवार दुइ–दुई हजारका दरले राहात रकम वितरण गरिने निर्णय भएको हाम्रो नेपाल हामी नेपाली अभियानका प्रदेश कमिटी सदस्य पदम सिंह कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?