दार्चुला । सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४५ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २४, बझाङका १६, कञ्चनपुरका तीन र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का एक महिला र तीन पुरुष गरी चार जना, वडा नम्वर ३ का दुई महिला र दुई पुरुष गरी चार जना, धनगढीको वडा नखुलेका एक महिला र दुई पुरुष गरी तीन जना र वडा नम्वर ७ का एक पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले कैलालीकै गोदावरीका १२ जना, कञ्चनपुर पुनरवासका दुई जना र भीमदत्तनगरका एक जनामा पनि संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ।

यता डडेल्धुरा प्रयोगशालामा आज सुदूरपश्चिमका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले आज कोरोना पुष्टि भएका सबै बझाङका रहेको जानकारी दिनुभयो ।

पुष्टि हुनेमा सबैभन्दा बढि बझाङको कोदास्यु गाउँपालिकाका १० जना, थलारा गाउँपालिकाका चार र छब्बीपाथिभरा गाउँपालिकाका दुई जना रहेको भुसालले बताउनुभयो ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय छ जनाको कोरोना परीक्षण भएकोमा डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित दुबै जना पुरुष हुन् भने उनीहरुको डोटीको सायल गाउँपालिका वडा नम्वर ६ का रहेका छन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?