कञ्चनपुरमा डिउटीमा खटिएका बेला मृत्यु भएका प्रहरीको हत्या गरेको आशंका, निष्पक्ष अनुसन्धान गर्न परिवारकाे माग

दार्चुला । कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भई उपचारका क्रममा मृत्यु भएका प्रहरी जवानको हत्या आशंका गरिएको छ।

मृतक डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरका परिवारले हत्याको आशंका गरेका हुन्।

मृतकका भाई ईन्द्र ऐरले उनको टाउको र छातीमा चोट देखिएको, शरिरमा खुट्टादेखि टाउको सम्म वालुवा लागेले हत्याको आशंका लागेले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन ।

उहँले आफ्नो दाजुको उमेर २२ वर्ष मात्र पुगेकाले ह्रदय घात भएको दावीमा सत्यता नभएको बताउनु भयो । दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत ऐर शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका बेला एक्कासी ढलेर बेहोस भएको प्रहरीले जनाएको थियाे।

ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताउनुभएको थियो ।

तर मृतकका परिवारले भने राती २ बजे नै ऐरको मृत्यु भएपनि आफूहरुलाई प्रहरीले ढिलोगरी खबर गर्नुले पनि घटना शंकास्पद रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?