दार्चुला । दार्चुलामा १० पत्रकार सहित विभिन्न चार स्थानीय तहका एक सय ३४ जनाको कोरोना परिक्षणको लागी स्वाब संकलन गरिएको छ ।

आईतबार जिल्लामा कार्यरत १० जना पत्रकार सहित जिल्लाका चार स्थानीय तहबाट एक सय ३४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको नजिकको सम्र्पकमा रहेका कर्मचारी, जनप्रतीनिधी र स्थानीय गरि मार्मा गाउँपालिकाका ६९ जनाको कोरोना परिक्षणको लागी स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द कार्कीले बताउनुभयाे ।

यस्तै जिल्लाको महाकाली नगरपालिकामा १० जना पत्रकार सहित ४७ जना, शैल्यशिखर नगरपालिकाका १७ जना र मालिकार्जुन गाउँपालिकाका एक जनाको पनि कोरोना परिक्षणको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले जानकारी दिनुभयाे ।

महाकाली नगरपालिका बाट आइतवार १० जना पत्रकार, १३ जना प्रहरी, भारतबाट आई क्वारेन्टीनमा रहेका ५ जना, कपाल काट्ने ३ जना, स्वास्थ्यकर्मी २ जना र ५ जना होम क्वारेन्टीनमा बसेकाहरुको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।

संकलन गरिएको स्वाब परिक्षणको लागी डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाईने भट्टले जानकारी दिनुभयो । जिल्लामा हाल सम्म ५४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?