सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना पुष्टि, एकै स्थानीय तहमा थपिए ६३ जना

दार्चुला । सोमबार सेती प्रादेशिक अस्पतालमा सुदुरपश्मिका थप ७४ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै पुरुष रहेका छन ।

सूचना अधिकारी श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुटि भएको बताउनुभयो ।

यता कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?