सुदूरपश्चिमका पाँच हजार दुई सय ७८ जना कोरोना मुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेशमा थप ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार चार सय ४० जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका नौँ सय चार, अछामका पनि आँठ सय ४८, कञ्चनपुरका ६ सय ५९ जना संक्रमित निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले डोटीले जनाएको छ ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, बझाङका तीन सय १८, डडेल्धुराका तीन सय एक र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा सोमबार सम्म कोरोना संक्रमितको संख्या ६ हजार दुई सय ५६ पुगेको छ ।

संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?