क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो । जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो ।

उसका लेन्ड्स सिमोन्सले नटआउट ५४ र टिओन वेब्स्टरले नटआउट ४४ रन बनाए । सन्दीपले ४ ओभरमा २९ रन दिएर कुनै विकेट लिन सकेनन् । यो सिजन सन्दीपले ११ विकेट लिए । ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?