दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली बागाजेबला घर भइ हाल कञ्चनपुर जिल्लामा बस्दै आएका युवा यातायात व्यवसायी केशवदत्त जोशीको मृत्यु भएको छ ।

पवनदुत यातायात प्रा.लिका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका केशवदत्त जोशीको कञ्चनपुरस्थित आफ्नै दुई तले घरको छतबाट लडेर मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।

भीमदत्त नगरपालिका वडा नम्वर २ का ३५ बर्षीय जोशीको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

‘छतबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि धनगढी पठाइएको थियो,’ उहाँले भन्नुभयो, ‘उपचारका क्रममा माया मेट्रो अस्पतालमा मंगलवार राति मृत्यु भएको हो ।’

युवा व्यवसायी जोशीको मृत्यु भएपछि यातायात व्यवसायी र आफन्तजनले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?