दार्चुला । दार्चुलामा बुधबार थप दुई जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएकोे छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको महाकाली नगरपालिकाका एक जना र ब्याँस गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार कोरोना पुष्टि भएका सहित भदौ २१ गते एक सय ३४ जनाको स्वाब संकलन गरि परीक्षणको लागी डडेल्धुरा अस्पतालको प्रयोगशाला पठाईएको थियो । डडेल्धुरा प्रयाेगशालामा गरिएकाे परीक्षणमा दार्चुलाका दुई  जनामा काेराेना पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।

याे स‌ंगै जिल्लामा काेराेना संक्रमितकाे संख्या ५६ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?