दार्चुला । दार्चुला सदरमुकाम खलंगाका सैलुन व्यवसायी अर्थात कपाल काट्ने व्यवसाय सञ्चालन गरेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि महाकाली नगरपालिका क्षेत्र सिल गरिएको छ । कोरोना भाइरसको संक्रमण सैलुन व्यवसायीमा देखिदा समुदाय स्तरमा कोरोना फैलिएको हुनसक्ने आशंका गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नगरपालिका क्षेत्र सिल गर्न आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलद्धारा जारी आदेश अनुसार अर्को निर्णय नभएसम्मका लागि महाकाली नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । उक्त आदेश अनुसार अत्यावश्यकीय सेवा बाहेक सामाजिक दूरी कायम गरी डेरी तरकारी, फलफूल, खाद्य सामाग्रीका पसलहरु हरेक दिन विहान सात बजेदेखि ९ बजेसम्म र बेलुकी ६ बजेदेखि सात बजेसम्म मात्र खुला गर्न पाइनेछ ।

निशेधाज्ञा अवधिमा औषधी पसलहरु भने २४ औ घण्टा खुला रहने जनाइएको छ । आदेशको बर्खिलाप गतिविधि गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिक कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

यसअघि महाकाली नगरपालिका स्तरीय स्थानीय समन्वय समितीको आज बसेको बैठकले नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गर्दै निशेधाज्ञा जारी गर्न सिएमसीलाई सिफारिस गरेको थियो । नगरपालिका क्षेत्रका एक जना शैलुन व्यवसायी र व्याँस गाउँपालिका वडा नम्बर १ घर भइ खलंगामै बस्दै आएका एक जना अर्का स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमण स्थानीयस्तरमा फैलिएको आशंका भएकाले कोरोना माहामारीबाट सुरक्षित रहन उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरिने महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले बताउनुभयो ।
कन्ट्याक ट्रेसिङका आधारमा नमूना संकलन गरि समुदायको सुरक्षाको सुनिश्चितता नहुन्जेल सम्मका लागि नगरक्षेत्र सिल गरिएको नगरपालिकाले जनाएको छ । कोरोना महामारीबाट बच्न नगरक्षेत्रलाई सिल गर्दा स्थानीयलाई पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी हुदै संकटबाट बच्ने अन्य उपाय नदेखिएकाले घरमा बसी आफू सुरक्षित रही अरुलाई समेत सुरक्षित राख्न नगरपालिकाले सबैमा अपिल गरेको छ ।
व्याँसका स्थानीय समेत भारतबाट फर्केर होम क्वारेन्टाइनमै बसिरहेको र शैलुन व्यवसायिले निरन्तर कपाल काट्ने काम गरिरहेकोले धेरै मानिस संक्रमितको प्रतक्ष सम्पर्कमा पुगेको आशंका गरिएको छ । समुदाय स्तरमा कोरोनाको महामारी फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्न स्वास्थ्य कार्यालय दार्चुलाले सबैमा अनुरोध गरेको छ ।

गत २१ गते महाकाली नगरपालिका स्वास्थ्य शाखाले दार्चुला सदरमुकाममा शैलुन ब्यवसाय गरिरहेका तिन जना सहित ४७ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको थियो । जसमध्ये थप एक जनाको पिसिआर रिर्पाेट पोजेटिभ आएको छ । ब्यास गाउँपालिका वडा नं १ स्थाई ठेगाना भई हाल दार्चुला सदरमुकाम खलंगामा बसोबास गरिरहेका एक जना पुरुषको पनि पिसिआर रिर्पाेट पोजेटिभ आएको हो ।

बुधबार डडेलधुरा अस्पताको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाका दुई जनामा कोरोना पुष्टी भएसंगै कुल संक्रमितको संख्या ५६ पुगेको छ ।
२१ गते १० जना पत्रकारको पनि स्वाब संकलन गरिएको थियो । पत्रकार सहित ४५ जनाको कोरोना रिर्पाेट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?