दार्चुला । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको अवसरमा लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वीपी बिचार गोष्ठीको आयोजना गरिएको छ ।
नेपाली काग्रेश लेकम गाउँपालिकाका उपसभापती गोपाल सिह बोहराको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेश दार्चुलाका नेता मदन गरीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली काग्रेश महाधिवेसन प्रतिनिधि धिरेन्द्र साउँदको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाली काग्रेशका नेता उत्तम नाथ, लेकम गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दौलतसिह साउँद, वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशी, वडा नम्बर ५ का वडाअध्यक्ष दिपेन्द्रसिह बोहरा र वडा नम्बर ६ का वडाअध्यक्ष कमलापती मिश्र लगायत जनप्रतिनिधि, विद्यार्थी नेताहरु, काग्रेशका कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नेता मदन गिरीले वीपी कोइरालाको आदर्शबारे प्रकाश पार्दै नेताहरुलाई ठूलो मान्छे नभइ असल मान्छे बन्नुपर्ने वीपीको आदर्श रहेको जानकारी दिनुभयो । नेता धिरेन्द्र साउदले नेता कोइरालाले अघि सारेको प्रजातान्त्रीक सामाजबाद र राष्ट्यि मेलमेलापको नितीबारे प्रकाश पार्नुभयो । बिचार गोष्ठीमा नेता महेन्द्र जोशीले स्वागत मन्तव्य राखेको नेपाली काग्रेश दार्चुलाका नेता मदन गिरीले जानकारी दिनुभयो ।
यसैबिच नेपाल विद्यार्थी संघ दार्चुलाले बिरामीलाई फलफूल वितरण गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा नेविसंघले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।
बुधवार जिल्ला अस्पतालका ३० जना बिरामीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सामाजिक दूरी सहित फलफूल वितरण गरिएको नेविसंघ जिल्ला सदस्य सुरज जोशीले जानकारी दिनुभयो ।
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने भएको छ ।
वीपीको प्रधानमन्त्रीत्व कालमा बिर्ता उन्मूलन गरी भूमिसुधार कार्यक्रम लागू भएको थियो । तर विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । सुन्दरीजल बन्दी गृहमा राखिएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।
२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका कोईरालाको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो ।