दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले वडा नम्बर २, ३ र ४ मा जारी गरेको निशेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । लटिनाथ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मार्मा गाउँपालिकाको बजार क्षेत्रमा निशेधाज्ञा जारी गरिएको थियो ।

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका व्याक्तिहरुको कोरोना परीक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएपछि मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको अध्यक्षतामा बसेको गाउँकार्यपालिका बैठकले निशेधाज्ञा हटाउन अनुरोध गर्ने निर्णय गरेको मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्रसिह महताले जानकारी दिनुभयो ।

यसगरी मार्मा गाउँपालिकाले संघीय सरकारबाट प्राप्त विद्यालय भौतिक पूर्वाधारको लागि विनियोजन गरेको बजेट बाँडफाँड गरेको छ । मार्मा गाउँ कार्यपालिकाको बिहीबार बसेको चालू आर्थिक वर्षको छैटौ बैठकले प्राप्त बजेट बाँडफाँड गरेको वडाअध्यक्ष महताले बताउनुभयो ।

संघीय सरकारबाट प्राप्त कुल ८५ लाख ६१ हजार रुपैयाँ बजेटलाई गाउँकार्यपालिका बैठकले विभिन्न विद्यालयमा बाँडफाँड गरेको हो । बैठकले वडा नम्बर १ को दुर्गेश्वरी आधारभूत विद्यालय दह र मार्मा गाउँपालिका वडा नम्बर ३ को भुवनेश्वरी आधारभूत विद्यालय दुनीलाई भवन निर्माण गर्न समान ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मार्मा गाउँपालिका वडा नम्बर ६ को सिराड भूमि आधारभूत विद्यालय छिपानको शौचालय निर्माण गर्न सात लाख रुपैयाँ, भुवनेश्वरी आधारभूत विद्यालय गोदेगाउँको लागि छ लाख ६१ हजार रपैयाँ र मार्मा गाउँपालिकाको योजना सर्भेक्षणको लागि चाहिने उपकरण खरिदको लागि नौ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?