दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका घर भएका एक जना पुरुष चाैलानी नदी किनारमा मृत अवस्थामा फेला पर्नुभएको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ स्थित छेपट्टा भन्ने स्थानमा चाैलानी नदी किनारमा वेवारिसे अवस्थामा मृत शव फेला परेको सिमार प्रहरी चौकीका असई दिलिप सिह कार्कीले जानकारी दिनुभयो ।

असई कार्कीका अनुसार बिहिबार बेलुकी मृत अवस्थामा शव फेला परेपछि चौलानी नदी किनारबाट उद्धार गरि सुरक्षित स्थानमा राखिएको छ । मार्मा क्षेत्रमा खबर गर्दा मृतकको घर लटिनाथ भएको जानकारी प्राप्त भएकोले शव बुझ्नका लागि आफन्तलाई खबर गरिएको उहाँले जानकारी दिनुभयो । आफन्तले शव पहिचान गरेपछि पुरा परिचय एकिन हुने प्रहरीको भनाई छ ।

प्रहरीले शवको सनाखत हुन बाकी रहेको बताएपनि स्थानीयहरुका अनुसार मृतक पुरुष लटिनाथका स्थानीय २८ बर्षीय रमेश बिष्ट (रणे) रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?