अपि नाम्पा संरक्षण क्षेत्रबाट बाह्र करोड राजस्व संकलन

दार्चुला। दार्चुलाका पाँच वटा गाउँपालिकामा फैलिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले स्थापना काल देखि हाल सम्म १२ करोड ३४ लाख ३६ हजार दुई सय ५० रुपैँया राजस्व संकलन गरेको छ ।

२०६७ सालमा स्थापना भएको कार्यालयले गत आर्थिक बर्ष २०७६÷०७७ मा एक करोड बढी राजस्व संकलन गरेको छ । संरक्षण क्षेत्रमा पाइने विभिन्न प्रकारका जडिबुटीको निकासी बाफत एक करोड चार लाख पाँच हजार पाँच सय १५ रुपैया राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा सबै भन्दा बढी तीन सय २७ किलोग्राम यार्सागुम्बा निकासीबाट ९८ लाख १० हजार रुपैँया राजस्व संकलन भएको छ ।

तीन हजार दुई सय ५० किलोग्राम बनलसुनबाट ९७ हजार पाँच सय रुपैँया, चार हजार ४० किलोग्राम साधारण च्याउबाट ४० हजार चार सय रुपैँया, दुई हजार पाँच सय किलोग्राम जटामसी बाट एक लाख २५ हजार रुपैँया, एक हजार आठ सय ५० किलोग्राम अल्लो बाट नौँ हजार दुई सय ५० रुपैँया, एक हजार एक सय २८ किलोग्राम सतुवा बाट ४५ हजार एक सय २० रुपैँया, ८६ किलोग्राम गुच्छी च्याउ बाट ४३ हजार रुपैँया राजस्व संकलन भएको प्रमुख संरक्षण अधिकृत मेहताले बताउनुभयो ।

यस्तै तीन हजार छ सय किलोग्राम पासाणबेदबाट २५ हजार दुई सय रुपैँया, दुई हजार तीन सय ४५ किलोग्राम चिराइतोबाट ३५ हजार एक सय ७५ रुपैँया, चार हजार एक सय ५० किलोग्राम कटुकीबाट एक लाख २४ हजार पाँच सय रुपैँया, नौँ सय किलोग्राम सेतक चीनीबाट १३ हजार पाँच सय रुपँैया राजस्व संकलन भएको छ । यस्तै रिठा, टिमुर, तेजपात, सुगन्धवाल, कालादाना, अमला लगायत जडिबुटीबाट समेत राजश्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक बर्षभन्दा आर्थिक बर्ष २०७५÷७६ मा बढी राजस्व संकलन भएको थियो । आर्थिक बर्ष २०७५÷७६ मा बहुमुल्य जडीबुटी यार्सागुम्बा बाट मात्रै एक करोड २८ लाख ५० हजार रुपैँया निकासीवाफत राजस्व संकलन भएको छ । उक्त बर्ष कुल एक करोड ३२ लाख ९३ हजार आठ सय ७० रुपैँया राजस्व संकलन भएको छ ।

आर्थिक बर्ष २०७४÷०७५ मा दुई करोड ४४ लाख १४ हजार ९७ रुपैँया, आर्थिक बर्ष २०७३÷७४ मा दुई करोड तीन लाख ८९ हजार पाँच सय ९१ रुपैँया र आर्थिक बर्ष २०७२÷७३ मा एक करोड ७३ लाख ४५ हजार ४८ रुपैँया राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?