दार्चुला । दार्चुलामा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–३ डाडाँजामीरका मानसिह ठगुन्नाका अन्दाजी  १७ वर्षीय छोरा माधव सिह ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको स्थानीय प्रकाश धामीले जानकारी दिनुभयाे ।

घाँस काट्न गएका बेला उनी भिरबाट लडेर करिब ३ सय मिटर तल खसेका थिए।

घटनापछि घाइते भएका किशाेरको उपचारका लागि अस्पताल लैजाने क्रममा घर नजिकै मृत्यु भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?