दार्चुला । बैतडीकाे पुर्चाैडी नगरपालिकाकी १३ बर्षीया बालिकामाथि बलात्कार भएको छ ।

केही समय अघि बिहेमा चिनजान भएपछि सुर्नया–८ का ३१ बर्षीय अर्जुन साउदले बिहे गर्ने भन्दै फकाएर बझाङको बित्थड पु¥याएर जबरजस्ती करणी गरेको प्रहरी स्राेतले जनाएको छ ।

पुर्चाैडी नगरपालिका–५ का बाशुदेव पन्तले मोटरसाइकल चलाएर अर्जुनलाई सहयोग गरेको खुल्न आएको छ । घटनामा संलग्न दुबै जना बिरुद्ध आफन्तले ईलाका प्रहरी कार्यालय पाटनमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएका छन् ।

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे बताएकाे छ ।

बालिकालाई बेलुका साढे सात बजे गाउँबाट दुबै जनाले जबरजस्ती मोटरसाईकलको बीचमा राखेर बझाङको बित्थड पु¥याएर जवरजस्तिकरणी गरेपछि गाउँलेहरुकाे सहयोगमा राती २ बजे बालिका सहित दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

यसअघि सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा बैतडी प्रहरीले शिक्षक सहित पाँच जनालाइ नियन्त्रणमा लिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?