दार्चुला । बैतडीका मंगलबार थप आठ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुराको पिसीआर प्रयोगशालमा गरिएको परीक्षणमा जिल्लाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको दशरथचन्द नगरपालिकाका ६ जना र डिलाशैनि गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । दशरथचन्द नगरपालिका वडा नं ७ का ३ पुरुष र ३ महिला गरि ६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारिदिनुभएको छ ।

यस्तै डिलाशैनि गाउँपालिका वडा नं ७ दुई वर्षीय बालीका र २४ वर्षीय महिला गरि २ जनामा संक्रमण देखिएको स्वास्थ्य उहाँले बताउनुभयो ।

संक्रमण देखिएका सबै जना भारतबाट आएका बताइएको छ । उनिहरु घरमै होम आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य अवस्था सामान्य रहेको स्वास्थय स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । मँगलबार ८ जनामा संक्रमण देखिए संगै बैतडीमा कोरोना संक्रमितको संङ्ख्या ३ सय ८३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?