पर्सा । पर्साकाे पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको छ ।

बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो । रक्सीले मात्तिएका बावुले छुरा प्रहार गर्दा ३५ वर्षीय छोरा माधव साह रौनियारको ज्यान गएको हो ।

छुरा प्रहार गर्ने ७० वर्षीय बुवा लक्ष्मी साह रौनियारलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताउनुभयो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका माधवलाई उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?