
दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबार राती बाट लागु हुने गरि निषेधाज्ञा जारी गरिएकाे हाे । नगरपालिको वडा नम्बर ६ का दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दे नगरपालिकाको वडा नम्बर ६ काे वडा नम्बर ६ को मिलमिली गाउँ, पूर्वमा तिखाधार, पश्चिममा पनेबाँज क्षेत्र, उत्तरमा रोला खोला र दक्षिणमा मौरीभिटा क्षेत्रमा अत्यावस्यक सेवा र कार्य बाहेका क्रियाकलापहरुमा रोक लगाउने गरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोेना परिक्षणमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
संक्रमित पुरुष भारतबाट आएर होम क्वारिन्टार्ईन बसेका शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र विष्ट जानकारी दिनुभयो । उनिहरु भारतबाट आएर होम क्वारिन्टाईनमा बसेकोले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै निषेधाज्ञा गर्ने निर्णय भएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र विष्टले बताउनुभयो ।
मगंलबार थप तीन जनामा कोरोना पुष्टि भए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले बताउनुभयो ।
यस्तै थप दुई जनामा कोरोना संक्रमण पुष्टि भए संगै शैल्यशिखरमा मात्रै कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।