दार्चुला । कोरोना भाइरस संक्रमितको उपचारका लागि दार्चुलाका आठ वटा स्थानीय तहमा पाँच बेडको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ ।

कोभिड– १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि दार्चुलाका आठ स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको आइतबार बसेको ११ औं बैठकले अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि बजेट समेत पठाएको छ । अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा १० लाखका दरले बजेट निकासा भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यसैबिच नौगाड गाउँपालिकाले मंगलबार बसेको कार्यपालिका बैठकबाट वडा नम्बर ३ जामिरमा ५ शैयाको कोभिड अस्पताल निर्माण गर्ने निर्णय गरिसकेको छ । अस्पतालमा कर्मचारी ब्यवस्थापनका लागि एक जना चिकित्सक र २ जना स्टाफ नर्सको विज्ञापन खोल्ने निर्णय समेत गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो । मालिकार्जुन, लेकम, दुहुँ लगायत स्थानीय तहले समेत अस्पताल निर्माणको तयारी थालिएको बताएका छन् ।

स्थानीय तहमा निर्माण हुने अस्थायी अस्पताल व्यवस्थापनमा प्रतिबेड रु दुई लाखका दरले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा पाँच लाख, औषधिका लागि ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिकबापत चार लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका ७६ स्थानीय तहमा कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन । तीमध्ये सबैभन्दा बढी कैलाली र बझाङमा ११÷११ वटा स्थानीय तहमा कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन्।

दार्चुला, बाजुरा, डोटी, अछाम र कञ्चनपुरका आठ÷आठ, बैतडीका नौ र डडेल्धुराका पाँच स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?