दार्चुला । आज विश्व बिरामी सुरक्षा दिवस मनाइदैछ । सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी भन्ने नाराका साथ नेपालमा पनि यो दिवस सप्ताहव्यापी रुपमा मनाइदैछ ।

यसपाली विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेकाले दिवसलाई महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको उपचारमा जोड दिइएको छ । सरकारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन दीपावली गरी दिवस मनाउन आग्रह गरेको छ ।

आज बेलुका ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने भएको छ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगाएतले शुभकामना दिंदै महामारीबाट बच्न अनुशासन र सजगताको पालना गर्न आग्रह गर्नुभएको छ ।

साथै कोरोनाको प्रभावकारी उपचार, महामारी रोकथाम र नागरिकको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?