दार्चुला । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको साधारण सभा शुक्रबार हुँदैछ । कोराना भाइरसको महामारीका कारण फिफाको बैठक भर्चुअल माध्यमबाट हुनेछ ।

फिफाको इतिहासमा पहिलो पटक भर्चुअल माध्यममार्फत साधारणसभा हुन लागेको हो । नेपाली समयअनुसार शुक्रबार बेलुकी पौने सात बजे सुरु हुने बैठकमा कोरोना भाइरसका कारण फुटबलमा परेको असर र अब चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ ।

साधारणसभामा विश्वभरका फिफाका सदस्य देशका प्रतिनिधि सहभागी हुनेछन् । नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा र रविन्द्र जोशी बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?