आइपिएल आजदेखि सुरु हुँदै

दार्चुला । युएईमा हुन लागेको आइपिएल कडा स्वास्थ्य प्रोटोकलका बीच आजदेखि सुरु हुदैछ।

आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै छन्।खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुदै छ।

चेन्नई र मुम्बईबीचका अहिलेसम्मका खेलको विश्लेषण गर्दा दुवै टीम बिच अहिलेसम्म २८ खेल भएको छ जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ।

मुम्बई इण्डियन्सकाे टिमबाट रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, अनमोलप्रित सिंह, शेर्फान रुदरफोर्ड, क्रिस लीन, सौरभ तिवारी, केरन पोलार्ड, हार्दिक पाण्डेय, क्रुनाल पाण्डेय, दिग्विजय देशमुख, बलवन्त राज सिंह, इशान किसन, आदित्य तारे, क्वेंटन डिकक, राहुल चहर, अनुकुल रोय, जयन्त यादव, ट्रेन्ट बोल्ट, नाथन कोल्टर निल, धवल कुलकर्नी, मिचेल म्याकलेनाघम, जसप्रित बुमराह, मोहसिन खान खेल्नेछन् ।

चेन्नईको टीमबाट महेन्द्रसिंह धोनी (कप्तान), मुरली विजयी, अम्बाती रायडु, फाफ डुप्लेसी, शेन वाटसन, केदार जादभ, डावेन ब्राभो, रविन्द्र जडेजा, लुंगी एन्गीडी, दीपक चहर, पियुष चावला, इमरान ताहिर, मिचेल सान्टनर, जोस हजेलवूड, शार्दुल ठाकुर, साम करन, एन जगदिशन, केएम आसिफ, मोनू कुमार, आरसाइ किशोर, ऋतुराज गायकवाड, कर्ण शर्मा खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?