दार्चुला । आइतबार सुदूरपश्चिम प्रदेशका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल, डडेल्धुरा अस्पताल र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८९ को कोरोना परीक्षण भएकोमा १६ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका मात्रै १३ जना रहेका छन् ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५ महिला, वडा नम्वर २ का तीन पुरुष, वडा नम्वर ५ र १३ का एक्ररएक पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै टीकापुर नगरपालिकाका तीन जना, कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १ का दुई जना र ठेगना नखुलेका एक जनालाई संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

यता डडेल्धुरामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले पछिल्लो २४ घण्टामा एक सय ७७ जनाको परीक्षण गर्दा बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसथापाभारा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। एक सय ३३ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ८ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि भएका सबै अछामको रामारोशन गाउँपालिकाका हुन् ।

जिल्ला अस्पताल बैतडीमा स्थापना भएर सञ्चालनमा आएको पिसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । आइतबार सार्वजनिक रिपोर्ट अनुसार ६६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ८ सय नाघेको छ । संक्रमण पुष्टि भएका ५ हजार सात सय बढिले कोरोना जितेको दावी गरिएको छ, भने १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?