दार्चुला । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय २२ पुगेको छ ।

गएको २४ घण्टामा एक हजार तीन सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नौ हजार पाँच सय ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय २५ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा नौ सय ६६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४६ हजार दुई सय ३३ पुगेको छ ।

अब नेपालमा १७ हजार चार सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको स‌ख्या  चार सय ११ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै काठमाण्डौमा ६ सय दुई जना, भक्तपुरमा एक सय एक जना र ललितपुरमा ६४ जना गरी उपत्यकामा सात सय ६७ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?