दार्चुला । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट अन्तर्गत मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई टिमबीचको खेल बेलुका पौने ८ बजेपछि सुरु हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।

राजस्थानलाई प्लेइङ ११ छान्न चिन्ता थपिँदा चेन्नई भने पहिलो खेलकै प्लेइङ ११ का साथ मैदानमा उत्रने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?