दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाका वडा नम्बर ४ खलगांमा नेपाल टेलिकमको कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडी प्रयोगशालामा गरिएको परीक्षणमा उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल बैतडीमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा दार्चुलाका ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले बताउनुभयो ।

उहाँका अनुसार महाकाली नगरपालिका वडा नम्बर ४ मा बस्दै आउनुभएका ४७ वर्षका कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएको हो । जिल्लाको महाकाली नगरपालिकामा ५ जनाको स्वाब संकलन गरी बैतडी प्रयोगशालामा पठाएका मध्ये ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

योसंगै दार्चुला जिल्लामा कोरोना सक्रमणको संख्या ८१ पुगेको छ । हालसम्म संक्रमितमध्ये ५४ जनाले कोरोना जितेर घरफर्किएका छन, भने २६ जना सक्रिय संक्रमित रहेका छन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?