काेराेना स‌ंक्रमणकाे बाट डडेल्धुरामा एक जनाकाे मृत्यु

डडेल्धुरा । डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।

केही दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएकाे थियो।

उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका  कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिनुभयाे।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताउनु भयाे। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?