बझाङ । बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ ।

पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका हिजो अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।

शरीरभरि निलडाम र नग्न शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो । बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेका छन् । बालिकाका बुबाआमा भने रोजगारीका लागि भारतमा छन् ।

प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

अनुसन्धानका लागि प्रहरीले सोही ठाउँका १८ बर्षीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?