नेकपा दार्चुलाको एकता प्रकृया पुरा गर्ने निर्णय

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाको विहिबार बसेको बैठकले पार्टी एकताका बाकि काम सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले पार्टी एकताको बाकि प्रक्रिया अगाडी बढाउने विभिन्न चार वटा निर्णय गरेको नेकपा दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

पार्टीको बैठकले नेपाल कम्युनिष्ट पार्टी दार्चुलाको स्थानीय तह अन्तरगत वडा कमिटिको एकता प्रक्रिया बाकि रहेका वडाहरुमा यहि असोज मसान्तभित्र अनिवार्य एकता तथा सफत ग्रहण कार्यक्रम पुरा गर्न सम्र्पुण गाउँपालिका तथा नगरपालिका कमिटिहरुलाई निर्देशन दिने निणर्य गरेको छ ।

नेकपाको शैल्यशिखर नगरपालिका कमिटिका अध्यक्ष लालीराम लुहार (अभिसेक) ले आफु माथिल्लो कमिटिमा रहेको भन्दै अध्यक्ष पदबाट स्वेच्छिक राजिनामा दिएकोमा स्थानीय तह भित्रका पार्टी नगर कमिटि, कार्यालय र जिल्ला कमिटि सदस्यहरुको सर सल्लाह र सहमतीका आधारमा नगर कमिटि अध्यक्षमा रण बहादुर खत्रीलाई सिफरिस गरि आएकोले उक्त सिफरिसको आधारमा नगर कमिटि अध्यक्षमा खत्रीलाई नै सिफारिस गर्ने र अनुमोदनको लागि सुदूपश्चिम प्रदेश कमिटिलाई अनुरोध गर्ने निणर्य गरिएको नेकपाले जनाएकाे छ ।

नेकपा दार्चुलाको उपस्तिथिमा जिल्लाका नौ ओटै स्थानीय तहहरुमा पालिका कमिटिहरुमा प्रशिक्षण, छलफल एवं अन्तरक्रिया कार्यक्रम कार्तिक मसान्तसम्म स्थानीय कमिटिको परामर्शमा जिल्ला कार्यालयले तय गर्ने र सदस्यता नविकरणको लागी तत्काल पालिका कमिटि बैठक बसेर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

राजनीतिक नियुक्ति विकास निर्माणका कार्यक्रमहरुको सिफरिस तथा विशेष महत्वपुर्ण निर्णय जिल्ला कमिटिको सर सल्लाह र सुझावको आधारमा जिल्ला पार्टी कार्यालयको बैठकको निणर्यबाट गर्ने र सम्बन्धित निकायमा सिफरिस साथ अनुरोध गर्ने निर्णय गरिएको नेकपा जिल्ला कमिटि दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?