दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नागरिकको सम्पूर्ण व्याक्तिगत विवरण समेटिएको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम शुरु गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको आवश्यक विवरण संकलन गरि काम शुरु गरिएको हो । संकलन गरिएको विवरणलाई प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले समन्वय प्रमुख कार्कीलाई हस्तान्तरण गर्दै राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य शुरु भएको जानकारी दिनुभयो ।

राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण समेट्ने हुँदा सबैले नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउन प्रशासनले अनुरोध गरेको छ । जिल्ला प्रशासनले अबदेखि नागरिकता बनाउन जाने सबै व्यक्तिहरुको राष्ट्यि परिचय पत्रको लागि समेत विवरण संकलन गर्ने जनाएको छ ।

परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता पनि आवश्यक पर्छ । परिचय पत्रमा नागरिकको सबै विवरण साथै हजुर बुबाको नाम, हातका औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना समेत उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?