दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजारमा म्याद नाघेको मिनरल वाटर विक्रिवितरण हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको नेतृत्वमा बिहीबार गरिएको संयुक्त बजार अनुगमनको क्रममा १०३ बोतल मिनरल वाटरका साथै खुद्रा सामाग्री म्याद नाघेको भेटिएपछि पत्रकारहरुको रहोबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

दार्चुला सदरमुकाम खलंगा बजारको केहि स्थानमा गरिएको अनुगमनमा मिनरल वाटर बोतलको पानी म्याद नाघेको पाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अनुगमनको क्रममा विभिन्न पशलबाट म्याद नाघेको अरु खुद्रा सामानहरु समेत बरामद गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

म्याद नाघेको सामान उपभोग गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले कुनैपनि उपभोग्य सामानको खरिद तथा प्रयोग गर्नुभन्दा पहिले अनिवार्य म्याद हेरेर मात्रै किनबेच गर्न प्रशासनले सबै उपभोक्तामा अनुरोध गरेको छ ।

उपभोक्ता अधिकारका अन्तरनिहीत आधारभूत चार सिद्धान्त (सुरक्षा, सूचना, छनोट र सुनुवाइ) मा प्रत्येक उपभोक्ता आफैं सचेत हुनुपर्दछ । उपभोक्तालाई सचेत र जागरुक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको समेत भएकाेले यसमा सबै पक्ष गम्भिर हुनु जरुरी छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?