महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुखसंगै युवती पनि पक्राउ

दार्चुला । महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्टलाई युवतीसहित पक्राउ गरिएको खुलेको छ। सुन्धारास्थित ईशान होटलबाट विष्टलाई युवतीसहित पक्राउ गरिएको प्रहरी श्राेतले बताएकाे छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको हो। युवतीको साथमा होटलमा बसेका विष्टको साथबाट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ पनि बरामद गरेको छ।

बरामद गरिएको ११ लाखसहित उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको छ।

दार्चुला घर भएका ५१ वर्षीय विष्टलाई नियन्त्रणमा लिईएको पुष्टि गर्दै अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले ११ लाख रकमको स्रोत नखुलेको र थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?