दार्चुला । दार्चुलामा कार्यरत एक जना नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (सई) को होटलमा मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्ब रावल रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

शुक्रबार विहान होटलकै शौचालयमा लडेको अवस्था भेटिएका सईलाई जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ।

सई रावल दार्चुला सदरमुकामकाे मल्लाे बजार बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेट्टिनुभएकाे थियाे। घटनाबारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा बाटाेमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे बिस्तृत अनुसन्धान भईरहेको प्रहरीकाे भनाई छ । रावल दल्लेख प्रहरी चौकीबाट ईलाका प्रहरी कार्यालय हुती सरुवा हुनुभएकाे थियाे ।

प्रहरी नायब उपरीक्षक पदम बहादुर बिष्टका अनुसार मृतको शरीरमा देखिने घाउचोट केही छैन । मुखबाट रगत आएको छ । होटलको शौचालयमा थोरै रगत पनि भेटिएको छ ।

अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएका छन् । उहाँ दल्लेखबाट ५ गते सदरमुकाम खलंगा आएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?