दार्चुला। दार्चुलामा थप पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा महाकाली नगरपालिकाका एक जना, मार्मा गाउँपालिकाका तीन जना र शैल्यशिखर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।

शैल्यशिखर र मार्माका कोरोना संक्रमित व्याक्तिहरु भारतबाट आएर हाल क्वारेन्टाइनमा रहेका थिए । महाकाली नगरपालिकाका कोरोना संक्रमित भने कन्टेक्ट ट्रेसिङमा परेका व्याक्ति रहेको जनाइएकाे छ ।

दार्चुलामा हाल सम्म दुई हजार सात सय ३४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ । जसमध्ये दुई हजार छ सय ८८ जनाको कोरोना परीक्षणको नतिजा आएको छ । जसमा कुल ८४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सक्रिय कोरोना सक्रमितको संख्या २९ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा महाकाली नगरपालिकाका एक जना र शैल्यशिखरका दुई जना गरि दार्चुलाका तीन जनाले कोरोना जितेसंगै संक्रमणमुक्त हुनेकाे संख्या ५५ पुगेकाे छ ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?