
दार्चुला । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका पुरुषको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।
पुर्चौडी नगरपालिका-३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । भारतको बैंग्लोरबाट फर्किएका ती पुरुष पुर्चौडीकै लामाधारमा मृत भेट्टिएपछि शनिवार स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हाे ।
शव व्यवस्थापनको लागि हनुमानध्वज गुल्मका गुल्मपति सेनानी प्रविन थापा नेतृत्वको टोली घटनास्थलतर्फ हिडिसकेको छ। मृतकको कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ अनुसार व्यवस्थापन हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।
मृतककाे घरमा श्रीमती र एक पाँच बर्षीय छोरा रहेका छन् । बैतडीमा कोरोना कारण मृत्यु हुने उहाँ पहिलाे व्याक्ति हुन् । हालसम्म चार सय दुई जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।