दार्चुला । सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ५० जनाको कोरोना परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको कोरोना परीक्षण गरिएकोमा ६८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ५४, कञ्चनपुका १३ र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढीका मात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीका १५ र अछामका १३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयाे ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ।चार जनाको परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालमा भने १४ जनाको मात्रै कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने बझाङ अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परीक्षण हुन नसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज ९७ जनामा संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या सात हजार दुई सय नाघेको छ।

संक्रमण पुष्टि भएका पाँच हजार नौँ सयले कोरोना जितेका छन् भने १९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?