दार्चुलाका दुई सहित सुदूरपश्चिमका १४६ प्रहरीमा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार सम्म प्रदेशका विभिन्न जिल्लामा रहेका कार्यालयमा कार्यरत सिपाहीदेखि सई सम्मका एक सय ४६ प्रहरीमा संक्रमण पुष्टि भएको हो।

कैलालीमा सबैभन्दा धेरै एक सय १० जना प्रहरी संक्रमित छन्। सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८० जना, सशस्त्र प्रहरी गुल्ममा कार्यरत १७ जना,  जिल्ला प्रहरी कार्यालय कैलालीका १२ जना र प्रदेश ट्राफिक प्रहरी कार्यालयका एक जनामा संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि भएका मध्ये ५३ जना संक्रिय संक्रमित रहेका छन् भने ५७ जना प्रहरीले कोरोना जितेका छन्। यस्तै कञ्चनपुरका ९ जना, बाजुराका ६ जना, अछामका ७ जना, डोटीका तीन जना, दार्चुलाका दुई जना, बैतडीका एक जना र बझाङका एक जना प्रहरी संक्रमित छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?