बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको आकस्मिक बैठकले नगरपालिकाका सबै वडाहरु सिल (बन्द) गर्ने निर्णय गरेको छ । आइतबार नगरपालिकाका उपप्रमुख जानकी बमको अध्यक्षतामा बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको हो ।

यहि असोज ८ गते पुर्चौडी नगरपालिकाको वडा नम्बर २ मा एक जना र वडा नम्बर ४ मा ८ जना गरी कुल ९ जनामा कोरोना संक्रमण पुष्टि भएको र असोज १० गते भारतबाट फर्किएका वडा नम्बर ३ का पदमबहादुर बोहराको कोरोना संक्रमणका कारण मृत्यु भएपछि गाडीमा आएका र संक्रमितको सम्पर्कमा रहेका व्याक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि स्बाव संकलन गर्नुपर्ने भएकोले थप संक्रमणको जोखिमबाट बच्न नगरपालिका बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो ।

अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सार्वजनिक, सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, विद्यालय, सबै प्रकारका व्यवसाय, यातायात बन्द गरी पुर्चौडी नगरपालिका प्रवेश र एक वडाबाट अर्को वडामा आवतजावत गर्न समेत रोक लगाइएको प्रमुख प्रशासकिय अधिकृत चन्दले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?