२४ घण्टामा १ हजार ५७३ सङ्क्रमित थपिए, ८८५ जना डिस्चार्ज, १० जनाकाे मृत्यु

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेकाे छ ।

गएको २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार एक सय २३ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएकाे हाे ।

गएकाे २४ घण्टामा आठ सय ८५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।

अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?