दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीको सरुवा भएको छ । असोज ५ गते प्रहरी प्रधान कार्यालयले उहाको ईलाका प्रहरी कार्यालय साफेबगर अछामको प्रमुखमा सरुवा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी समेत रहनु भएका प्रहरी निरीक्षक जोशी २०७६ साउन ३१ गते १४ महिना पहिले दार्चुला आउनु भएको थियो । अछाम सरुवा भएका प्रहरी निरीक्षक जोशीको जिल्ला प्रहरी कार्यालय दार्चुलाले आइतबार एक कार्यक्रमका बिच बिदाई गरेको छ ।

सरुवा हुनुभएका प्रहरी निरीक्षक जोशीले जिल्ला बसाईको क्रममा सबैको सहयोग प्राप्त भएको भन्दै जिल्लावासी सबैलाई धन्यबाद दिनुभयो । जिल्ला प्रहरी कार्यालय परिवारले उहाँलाई अगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?