सुदूरपश्चिम प्रदेशका थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा  छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एकजनामा संक्रमण पुष्टि भएको छ। कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण देखिएको छ ।

बझाङमा गरिएको परीक्षणमा आज थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २४ जनामा संक्रमण पुष्टि भएको हो। डोटीमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ।

आज ९७ जनामा संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ।

संक्रमण पुष्टि भएका पाँच हजार नौँ सयले कोरोना जितेका छन् भने २० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?