दार्चुला । आज विश्व पर्यटन दिवस परेपनि कोरोना भाइरसका कारण औपचारीक कार्यक्रमको आयोजना गरिएको छैन् ।

नेपालमा ‘पर्यटन र ग्रामिण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । सन् १९८० देखि हरेक वर्ष सेप्टेम्बर २७ मा विश्वभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने गरिन्छ ।

‘पर्यटनका लागि हाम्रो देश, घुमौँ देश, चिनौँ परिवेश’ भन्ने मूल नाराका साथ सरकारले पर्यटन पुनरुत्थान अभियान समेत सुरु गरेको छ । यसपालि विश्वव्यापी कोरोना महामारीबाट नेपालसहित विश्वकै पर्यटन क्षेत्र प्रभावित भएको छ । पर्यटन देशको अर्थतन्त्रको प्रमुख र दिगो आधार मानिन्छ ।

दार्चुलामा पर्यटन विकासको प्रचुर सम्भावना भएपनि पर्यटन आवागमन बढ्न सकेको छैन् । जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र अपि नाम्पा संरक्षण क्षेत्रमा सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो अपि हिमाल देखि विभिन्न सुन्दर हिमशिखरहरु, तालतलैया, मनोरम प्राकृतिक दृश्यहरु, विभिन्न प्रजातीका बन्यजन्तु लगायत विभिन्न धार्मीक र पर्यटकीय क्षेत्र भएपनि यस क्षेत्रका घुम्न आउने पर्यटकको संख्या बढ्न सकेको छैन् ।

भगौलिक बिकटता, पर्यटकहरुका लागि आवश्यक पुर्वाधार र प्रचारप्रसारको अभावमा अपार सम्भावना बोकेका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् ।

आर्थिक बर्ष २०७३÷०७४ मा २५ जना, २०७४÷०७५ मा २७ जना, २०७५÷०७६ मा ३८ जना र आर्थिक बर्ष २०७६÷०७७ देखि हाल सम्म ७ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको तथ्याङ्क छ ।

दार्चुलाभित्र विमानस्थल, संरक्षण क्षेत्रमा पदमार्ग, होमस्टे, बिश्रामस्थल लगायत पुर्वाधार निर्माण गर्नुका साथै पर्यटकिय क्षेत्रहरुको राष्ट्रिय र अन्तररराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके पर्यटकहरुको आगमन बृद्धि हुने हुने पर्यटनकर्मीहरु बताउछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?