सुदूरपश्चिमका ६०१९ जनाले कोरोना जिते, २० जनाको मृत्यु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघेको हो।

आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, कञ्चनपुरका चार र दार्चुलाका तीन जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु मध्ये कैलालीका ८४ जना भने विभिन्न मितीमा डिस्चार्ज भएकोमा आईतबार मात्रै तथ्याङ्क अध्यावधिक गरिएको जनाइएको छ।

यो सँगै प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको छ। सबैभन्दा बढि कैलालीका एक हजार आठ सय ३५ जना डिस्चार्ज भएका छन्।

यस्तै अछामका नौ सय २४, कञ्चनपुरका सात सय ४१, डोटीका नौ सय ४७, बझाङका चार सय २२, बाजुराका चार सय ५१, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जनाले कोरोना जितेको दावी गरिएको छ।

प्रदेशभर अहिले सम्म सात हजार तीन सय बढिमा कोरोना संक्रमण पुष्टि भईसकेको स्वास्थ्य तथा जनसंख्या निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिमका २० जनाको कोरोना संक्रमणकै कारणबाट मृत्यु भईसकेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?