बैतडीमा साेमबार थप ३ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण पाटन नगरपालिकाका २ र सुर्नया गाउँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुने पाटन नगरपालिका वडा नं २ का २४ बर्षीय र वडा नं ६ का १९ बर्षीय एक÷एक पुरुष र सुर्नया गाउँपालिका ४ का ३८ बर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
आज थप ३ जनामा संक्रमण पुष्टिभएसंगै बैतडीका कोरोना संक्रमितको संख्या ४०६ पुगेको छ । तीमध्ये हाल २८ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५५, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९ ,दोगडाकेदार गाउँपालिकाका ४६ जनामा संक्रमण पुष्टि भईसकेको छ । यस्तै मेलौली नगरपालिकाका ३४, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ ।





प्रतिक्रिया