सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा अनलाईन परीक्षा शुरु

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले कोरोना महारीका कारण रोकीएका परीक्षाहरु भर्चुअल (अनलाईनका) माध्यमबाट सञ्चालनमा ल्याएको छ ।

स्नातक तह बिएड र बिएको तृतीय सेमिस्टरकाे पहिलो चरणको परीक्षा सुदुरपश्चिमाञ्चल विश्वविद्यालय र सुपका आंगिक क्याम्पसहरुमा शुरु भएका छन् ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा तालिका अनुसार तीन चरणमा अनलाईन परीक्षाहरु सञ्चालन भईरहेका छन् । पहिलो चरणमा सञ्चालन गरिन लागेका स्नातक तह विएड र विएको तृतीय सत्रको परीक्षा सुरु भएको छ भने दोस्रो चरणमा असोज २५ गतेबाट विएड र विए प्रथम सत्रका परीक्षाहरु सञ्चालन गर्ने तयारी छ। तेस्रो चरणको परीक्षा पुस महिना भित्र सञ्चालन गरिनेछन् ।

विश्वविद्यालयले अनलाइन कक्षाहरु समेत नियमित रुपमा सञ्चालन गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?